Description
Follow us on Google News - IGNOU SERVICE
Assignment: Modern Indian Language – Nepali
(BNPLA-135)
Programme Code: BAG
Course Code: BNPLA-135
Assignment Code: BNPLA-135 /TMA/2022-2023
Max. Marks: 100
All questions are compulsory.
Section A
1. तल दिएका गद्यांश पढी उत्तर लेख्नुहोस् :
१६ वर्षको वयमा उनी काशी गई अङ्ग्रेजी पढ्न लागे । तर मातृ भाषाप्रेम झन् प्रबल हुँदै
गइरहेको थियो । अन्तमा उनले आफ्ना साथीहरू बोलाई समस्पापूर्ति आदि गोष्ठी गर्न लागे। यसरी बिस्तारै उनी मातृभाषामा आफ्नो योग्यता फस्टाउन लागे । सानैदेखि विदेशमा बसेर अध्ययन गर्नुपरेकोले नेपालीमा पूर्णता प्राप्त गर्न केही समय लाग्यो ।
यस्तै बेला अरू भाषामा छापिएका अनेक पुस्तकहरू देख्न पाए तर आफ्नो भाषामा चाहिँ त्यतिञ्जेल एउटै मुद्रित पुस्तक नपाउँदा उनी व्यथित भए। तब भट्टजीले काशीकै एक भद्र सज्जन रामकृष्ण वर्माको सहायताले एउटा मुद्रणालय भारत जीवन प्रेस खोली आफू म्यानेजर भई काम चलाउन थाले । यो मुद्रणालय खोल्नमा उनको उद्देश्य मातृभाषाको उन्नति गर्नु थियो।
मुद्रणालय खोलिएको केही समयपछि नै उनले भानुभक्तको बालकाण्ड रामायण छापेर प्रकाश गराए । नेपालीहरूको स्वभाषामा भक्ति देखी उनी अत्यन्त आनन्दित बनेका थिए । यसै समय अरू पुस्तकहरू तयार गर्नमा उनी लागे । उनले गजेन्द्रमेक्ष, पञ्चक-प्रपञ्चक, स्वप्राध्याय संग्रह र शकुनौती आदि ग्रन्थ तपार गरी छपाएर निकाले । पी जम्मै पुस्तकहरू सफलतापूर्वक बिक्री भए – उनको उत्साह अझ बढ्यो ।
केही समयपछि हिन्दीका महान् कवि भारतेन्दु हरिश्चन्द्रसँग मोतीरामको भेट भयो । भाषा साहित्यमा प्रेम भएका यी दुइ कविहरूको सम्पर्कबाट दुवै लाभ उठाए, दुवै खुशी भए । तर त्यसको केही समयपछि नै हरिश्चन्द्रको मृत्यु भएकोले मोतीराम भट्टलाई ठूलो आघात पस्यो।
a) यहाँ कुन गोष्ठीको चर्चा गरिएको छ?
b) भारत जीवन प्रेस खोल्नुको मुख्य उद्देश्य के थियो?
c) माथिको परिच्छेदमा कुन कुन ग्रन्थ उल्लेख गरिएको छ ?
d) मोतीराम भट्ट हिन्दीका कुन कविसित सम्पर्कमा आए?
2. तल दिएका शब्दहरूलाई वाक्यमा प्रयोग गर्नुहोस्:
a) मातृभाषा
b) मुद्रणालय
c) योग्यता
d) आघात
e) भानुभक्त
SECTION B
DO as directed –
1. तलका मिश्र वाक्यहरूलाई सरल वाक्यमा परिवर्तन गर्नुहोस् –
i) जसले मुनामदन लेखे, ती देवकोटा हुन् ।
ii) जसको पेटमा दया हुँदैन, त्यो पापी हो ।
iii) जसले मह काट्दछ, उसले हात चाट्दछ ।
iv) जोबोल्दैन, त्यसलाई नजिस्क्याउ ।
v) गतामा जुन कुराको उल्लेख छ, ती कुरा सबैका निम्ति श्रेपस्कर छ ।
vi) रामका बाबु जुन बाटो गरी आएका थिए, त्यही बाटो हुँदै फर्किए ।
vii) सुगाहरू कस्तरी उडेछन् भने सारा आकाश नै ढाकिएछ ।
viii) जब तिमी आइपुग्यौ, तब म आइपुगेँ ।
ix) जुन दिन पानी पयो, त्यही दिन हावा चल्यो ।
x) संसारमा जन्मिएर जसरी हाँसुपर्छ त्यसरी रुनुपर्छ ।
2. तल दिएका अकर्मक क्रियालाई कोष्टकमा दिएको शब्द लगाई सकर्मक क्रियामा रूपान्तर गर्नुहोस्
i) उ सधैँपढ्न जान्छ । (भूगोल)
ii) छोरी आमासित खेल्छे । (गुडिया)
iii) मैले दुई दिनअघि भनेको थिएँ । (यो कुरो)
iv) भाइ काकासित जाने भएछ । (सिक्किम)
v) तिग्रोमा छ है पुस्तक? (अङ्ग्रेजी)
vi) भाइले राम्रो अङ्क ल्याएछ । (गणितमा)
vii) हिजो नाटकमा श्यामलाई गीत गाउन लगाए । (लोकगीत)
viii) मेरो साथी छ | (राम्रो)
ix) उसको गत वर्ष विवाह भयो । (जानकीसित)
x) मैले उसलाई घुमाउन लगेँ । (दार्जिलिङ)
BNPLA135, BNPLA 135 NEPALI
Reviews
There are no reviews yet.